भीभो लक्की ड्रमा आकर्षक उपहार जित्ने अवसर «

भीभो लक्की ड्रमा आकर्षक उपहार जित्ने अवसर

स्मार्टफोन उत्पादक कम्पनी भीभोले दसैंको उपलक्ष्यमा भीभो लक्की ड्र अभियान आयोजना गरेको छ । योजनामा प्रत्येक भीभो स्मार्टफोन खरीद गर्ने ग्राहकहरुलाई आकर्षक उपहार जित्ने अवसर छ ।
अक्टोबर १ तारिखदेखि नोभेम्बर १५ सम्म भीभो स्मार्टफोन किन्ने ग्राहकले यो अभियानमा भाग लिने मौका पाउने छन् । भीभो स्मार्टफोन कुनै पनि भीभोको स्टोर वा आधिकारिक खुद्रा पसलबाट किन्न सकिनेछ । लक्की ड्रमा सहभागी भाग्यशाली ग्राहकहरुले एलजीका होम अप्लाएन्सेन्, ल्यापटप, भीभो भी २१ ई स्मार्ट फोन, एंकर गेमिङ हेडफोन, ब्लुटुथ स्पीकर, इयरवड र अन्य थुप्रै उपहार पाउन सक्नेछन् ।
निर्धारित योजना अवधिभर भीभोका उत्पादन खरीद गर्ने ग्राहकले यसमा सहभागी हुन सक्नेछन् । यसका लागि भीभोको वेभसाइटमा लग इन गरी वा उपलब्ध गराइएको क्यू आर कोड स्क्यानिङ गरी आफूलाई सहभागी गराउनुपर्नेछ । विजयीहरुको घोषणा लक्की ड्र मार्फत तुरुन्तै गरिने छ र उनीहरुको उपहार भीभोमार्फत जानकारी गराइने बताइएको छ। पुर्ण जानकारी भीभोको वेभसाइटमा प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्