सानिमा बैंकका नयाँ शाखा सानेपा र हरिसिद्धिमा

सानिमा बैंकले ललितपुरको सानेपा र हरिसिद्धिमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ ।
सानेपा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका वडा नं २ का अध्यक्ष राजेश कुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले गरे । समारोहमा वडाअध्यक्ष महर्जनले बैंकको नयाँ कार्यालय स्थापना भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा सो क्षेत्रका स्थानीयलाई विशेष प्राथमिकतामा राखी वित्तीय सेवा प्रदान गर्न सुझाव दिए ।
यसैगरी हरिसिद्धि कार्यालयको उद्घाटन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले गरे। उद्घाटन समारोहमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल, बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बैंकको देशका सातै प्रदेशमा १०८ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन्।