एनसेलले ज्येष्ठ नागरिकलाई निःशुल्क सिम दिने «

एनसेलले ज्येष्ठ नागरिकलाई निःशुल्क सिम दिने

एनसेल आजियाटाले ज्येष्ठ नागरिकका लागि बन्डल अफरहरु सहितको आकर्षक निःशुल्क सिम योजना सञ्चालनमा ल्याएको छ ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२१ को अवसरमा सञ्चालनमा आएको योजना अन्तर्गत ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुले एनसेलको सिम निःशुल्क लिन सक्छन् । यस्तै ५० वा सो भन्दा बढीको हरेक रिचार्जमा ६ महिनासम्म बोनसका रुपमा पाइने सेवा, सुविधाहरुको फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।
यो योजना अन्तर्गत पहिलो ५० रुपैयाँ वा सो भन्दा बढिको रिचार्जमा ज्येष्ठ नागरिकहरुले १०० एमबी डेटा र १०० वटा अन नेट एसएमएस बोनस पाउँछन् । त्यस्तै पहिलो रिचार्ज पछि त्यस सिमबाट ज्येष्ठ नागरिकहरुले ६ महिनासम्म विषेश छुट सहितको शुल्कमा भ्वाइस, डेटा र भारत कल सेवा लिन सक्छन् । ग्राहकले विशेष छुट अन्तर्गत एक रुपैयाँ प्रति मिनेटमा भ्वाइस सेवा, एक रुपैयाँप्रति एमबीमा डेटा सेवा र १.९९ रुपैयाँप्रति मिनेटमा भारतमा कल गर्न सक्छन् ।
यस योजनाले ज्येष्ठ नागरिकहरुलाई सहज र सुलभ दरमा गुणस्तरीय दूरसञ्चार सेवा सुनिश्चित गर्न मद्दत गर्ने र परिवारजनहरुसँग डेटाको माध्यमबाट डिजिटल्टी सम्पर्कमा रहि रहन पनि सहयोग पु¥याउने कम्पनीले विस्वास लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्