मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता

मेगा बैंक नेपालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट जिल्लाका गुजरा नगरगालिकाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ ।
मेगा बैंकले उर्बर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा रौतहट जिल्लाको गुजरा नगरपालिका किसानहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बैंकको ब्याज अनुदानसहितको कृषि कर्जा, वचत, मेगा किसान कार्ड तथा अन्य सेवा सुविधाहरुको बारेमा जानकारी प्रदान गरेको हो ।
बैंकले वित्तीय साक्षरता कार्यक्रममार्फत धान, दाल तथा मकै खेतीको पकेट क्षेत्रको रुपमा रहेको गुजरा, रौतहटका किसानहरुलाई व्यावसायिक भई कृषि कर्जाको उच्चतम सदुपयोग गर्नुपर्ने सम्बन्धमा अन्तरक्रिया समेत गरेको छ ।
कार्यक्रममा मेगा बैंकका माइक्रो बैंकिङ्ग विभाग प्रमुख पुण्यप्रसाद खनिया, प्रदेश नम्बर २ का प्रमुख यशपाल कुमार तिब्रेवाल, वीरगञ्ज शाखाका प्रमुख बेलाल अहमदले बैंकिङ्ग सेवा सुविधा, बचत, ऋण, रेमिटान्स, बचत गर्ने उपायहरु, बचत तथा ऋणको महत्वकोे बारेमा जानकारी दिएका थिए ।
उर्वर नेपालसँगको सम्झौतापश्चात मेगा बैंकले ग्रामीण भेगका किसानलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नको लागि लघु, साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रहि सहुलियतपूर्ण व्यवसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्दै आएको छ ।
बैंकले कृषकहरुलाई किसान कार्ड उपलब्ध गराउँदै आएको छ । किसान कार्डमार्फत कृषकहरुले आफूलाई आवश्यक परेको कृषि सामग्रीहरु, बीऊ, मल, किटनाशक औषधी लगायतका सामानहरु तेकिएको कृषि सहकारी तथा कृषि सामग्री पसलहरुबाट खरिद गर्न सक्नेछन् ।
उत्त कार्यक्रममा उर्बर नेपालका अध्यक्ष सुदर्शन कार्की, उर्बर नेपाल रौतहटका जिल्ला संयोजक मनिष अधिकारी लगायतले उर्बर नेपालले किसानहरुको उत्पादन उर्बर बजार मार्फत उपभोक्ता समक्ष पहुँच पु्याउने ब्यहोरा बताउनु थियो ।