विराटनगर र धनगढीमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न «

विराटनगर र धनगढीमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

महालक्ष्मी लाइफ इन्स्योरेन्सले युवाहरूमा बिमा सम्बन्धी जनचेतना ल्याउने उद्देश्यले सञ्चालन गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम विराटनगर र धनगढीमा सम्पन्न गरेको छ। विराटनगरमा सञ्चालन भएको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको महालक्ष्मी लाइफले जनाएको छ ।
कार्यक्रमपछि एजेन्सी मेनेजर खडक नारायण उडाउको संयोजकत्वमा २१ सदस्यिय बिमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटी गठन गरेको कम्पनीले जनाएको छ । त्यस्तै धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमीमा पनि ‘युवासँग महालक्ष्मी लाइफ’ बिमा जागरण कार्यक्रम सम्पन्न भएको जनाएको छ । कार्यक्रममा ८० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्