बैंक अफ काठमाण्डूको दसैं अफर «

बैंक अफ काठमाण्डूको दसैं अफर

बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकहरुले स्मार्टडोकोको स्मार्ट दसैं अफरमा २० प्रतिशतसम्म नगद फिर्ता पाउने भएका छन् ।
नेपालीहरुको महान चाड दसैंलाई लक्षित गरी स्मार्ट डोकोले यही असोज १४ गतेबाट सञ्चालनमा ल्याएको स्मार्ट दसैं अफरमा बैंकको कार्डबाहक ग्राहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्म नगद फिर्ता पाउने बैंकले जनाएको छ।
बैंकको कार्डबाहक ग्राहकहरुले यस अफरबाट आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरेमा २० प्रतिशत वा अधिकतम एक हजार ५०० सम्म नगद फिर्ता पाउने छन् ।
स्मार्ट दसैं अफरमा बैंकको कार्डबाहकहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २० प्रतिशतसम्म नगद फिर्तासहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्ने छन् ।
बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालयहरु, ८० एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्