बिमा समितिको निर्देशनप्रति जलविद्युत् प्रवद्र्धकहरुको आपत्ति «

बिमा समितिको निर्देशनप्रति जलविद्युत् प्रवद्र्धकहरुको आपत्ति


स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले बिमा समितिले एकैपटक तीन गुणा प्रिमिय शुल्क बढाउन निर्देशन दिएकोमा आपत्ति जनाएको छ ।
केही नदी बेसिन कोरिडोहरुमा क्षति पु¥याएको उल्लेख गर्दै बढी क्षतिपूर्ति दिनुप¥यो भन्ने बहानामा निर्जिवन बिमा कम्पनीलाई मिनियम प्रिमियम रेट फर नन ट्रयारिफ इस्सुरेनस बिजनेश सम्बन्धमा निर्देशन जारी गरी यस्तो व्यवस्था गरेकोमा आपत्ति जनाएको हो ।
निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकहरुले जलविद्युत् क्षेत्रमा गरेको योगदानलाई बेवास्ता गर्दै सरोकारवालसँग छलफल गरी गुपचुप तरिकाले निजीवन बिमा कम्पनीहरुको प्रभावमा परी जारी निर्देशन दुषित मनसायले प्रेरित रहेको इपान अध्यक्ष कृष्ण आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । इपानले सो निर्देशन उपर छानविन गरी दोषीलाई आवश्यक कारवाहीका लागि अर्थमन्त्रीलाई आग्रह गर्दै अविलम्ब खारेजीको माग गरेको छ ।
इपानका पूर्व अध्यक्ष शैलेन्द्र गुरागाई बिमा दर सम्बन्धी मापदण्ड र हाइड्रोपावरको ‘लस अफ प्रोभिट’ बिमा गर्दा चार महिनासम्म दाबी नपाउने व्यवस्था अव्यवहारिक भएकोले सच्चाउनुपर्ने बताउँछन् । “समितिले तयार पारेको मापदण्डले आयोजनामा कुनै क्षति पुगी आम्दानी गर्न नसक्दा उक्त जोखिम नै बहन नहुने गरी मापदण्ड बनाएको छ, यो गलत छ, यसलाई सच्चाउनुपर्छ” उनले भने । यसअघि बिमा कम्पनीहरुले यदि आयोजना एक महिना बन्द भयो भने कम्तिमा पनि सात दिनमा हुने आम्दानीको क्षतिपूर्ति नदिने र बाँकी दिनमा हुने क्षतिको दाबी भुक्तानी गर्ने व्यवस्था थियो ।
कम्पनीहरुले उक्त आयोजनाले अघिल्लो वर्षको सोही अवधिमा गर्ने आम्दानीका आधारमा क्षतिपूर्ति बहन पर्ने विगतको अभ्यासविरुद्ध र जलविद्युत् आयोजनालाई असर गर्ने गरी व्यवस्था गरेकोले आपत्तिजनक भएको जलविद्युत् प्रवद्र्धकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्