मुगुका जिल्ला अस्पताल र स्वास्थ्य सस्थामा बिरामी बालबालिकाले भरिभराउ «

मुगुका जिल्ला अस्पताल र स्वास्थ्य सस्थामा बिरामी बालबालिकाले भरिभराउ

मुगु –जिल्ला अस्पताल ठिनी मुगुमा बिरामी बालबालिकाले भरिभराउ भएको छ । बालबालिकामा ज्वरो, निमोनिया, रुघाखोकीलगायतका समस्या देखिएका छन् । बिरामी बालबालिकाले अस्पताल भरिभराउ भएपछि बेडको अभाव भएको छ  ।
सबैभन्दा बढी रुगाखोकी ज्वरो आउने जस्ता बालबालिकाहरु जिल्ला अस्पतालमा दैनिक २०–२५ जना आउने गरेका छन् । श्वास–प्रश्वाससम्बन्धी समस्या भएका बालबालिका ९० प्रतिशत अस्पताल आउने गरेका छन् । पछिल्लो समयमा ५–६ जना बालबालिकालाई रिफोर गरियो । एक जनाको त यही श्वास–प्रश्वासको समस्यका कारण एक जना बालकको त ज्याननै गयो भने अधिकांश बालबालिका जिल्ला अस्पतालबाट निको भएर घर जाने गरेको डाक्टर अमिर राज तिरीले बताएका छन ।
४–५ दिन पहिला बिरामी भएका आफ्नो बच्चालाई गाउँकै मेडिकलबाट औषधि किनेर उपचार गरियो निको नहुँदा जिल्ला अस्पतालमा ल्याउने गरेका छन् । गाउँमा स्वास्थ्यचौकीमा औषधि पनि छैन, स्वास्थ्यकर्मी पनि भेटिँदैनन्, ‘सामान्य अवस्थाका बालबालिका घरेलु जडिबुटीको भरमा छन्, गाउँघरमा धेरै बिरामी बच्चा छन् छायानाथ रारा नगरपालिका–१२ शोभा गाउँकी छैटला बुढाले बताएकी छन् ।
जिल्ला अस्पतालमा बालरोग विशेषज्ञ नहुँदा उपचारमा समस्या भएको अस्मुगुले बताएका छ । ‘बिरामीको सेवामा चौबीसैं घण्टा स्वास्थ्य कर्मि खटिनुपरेको छ,’ ‘जसोतसो म्यानेज गरिरहेका छौं ।’ चिकित्सक र स्वास्थ्यकर्मीलाई भ्याइनभ्याइ भएको स्वास्यकर्मीले बताएका छन  ।
जिल्ला अस्पतालमा मात्र होइन जिल्लामा रहेका चार स्थानीय तहमा रहेका स्वास्थ्य सस्था र निजि मेडिकलहरुमा समेत बालबालीका र अन्य मानिसमा रुगाखोकी, ज्वारो आउने खोकी लाग्र्ने श्पासप्रसारण समस्या आउर्ने खालमा बिरामीहरु दैनिक बढिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्