मुगुका ५ बालिका ३ वर्षपछि घरपरिवारमा पुनःमिलन

मुगु-हिमाली जिल्ला मुगुमा रहेको बिभिन्न बस्तीका ५ जना बालिका ३ वर्षपछि आफ्ना घर परिवारमा पुनः मिलन भएका छन् ।
तीन वर्ष पहिला घरबाट कक्षा १ देखि ११,१२ कक्षासम्म पढाइ दिन्छु भन्दै काठमाडौमा रहेको जेवी फाउन्डेसन नेपाल नामक सस्थाले काठमाडौमा लगेका मुगु जिल्लाका छायानाथ रारा नगरपालिका–१२ उमिला बिक, धनलाल बिक, कमलदेवी बुढा, बबिता बुढा र सोरु गाउँपालिका–८ गिलाह गाउँकी सबिता शाही ललितपुर–१८ मा रहेको जेबी फाउन्डेसन नेपाल बाल गृहमा रहेका बालबालिका पछिल्लो अवस्थामा संस्थाको अवस्था नाजुक हुँदै गएपछि संस्थामा रहेका बालबालिकाहरूले आफन्तहरूमा मिनल हुन सकेका थिएनन् ।
राष्ट्रिय बाल अधिकार परिषद्बाट उद्धार भएका बालिकाहरूलाई आज जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी, नागरिक समाज मुगुका अध्क्षय रुपबहादुर मल्ला, नेपाल पत्रकार महाँसंघ मुगु शाखाका उपाध्क्षय दानबहादुर बुढाको रोहोवरमा मुगु जिल्लाका ५ जना बालिकाहरूलाई आफ्न्तकोमा पुनःमिलन गराएको हिमाली नविन समाज काठमाडौका मिलन अधिकृत पवन ढकालले जानकारी दिएका छन् ।
ढकालका अनुसार विशेष गरी साबिकको कर्णाली प्रदेशका बालबालिकाहरू यस्तो स्थानमा बढी भेटिने गरेका छन् । गरिब दलित बिपत्न परिवारका रहेका धेरै जसो आमा बुबा बितिसकेका बालबालिबका रहेको समेत बताएका छन् ।
गत वर्षमा पनि काठमाडौंका बिभिन्न फाउण्डेसनबाट मुगु जिल्लाका १० बटा बालबालीकाहरूको घरमा पुनःमिनल गराएको र यो बर्ष अहिले ५ जना नानिलाई आज घर परिवारलाई पुनःमिलन गरिएको प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले बताएका छन् ।
सहायक प्रजिअ गणेशप्रसाद कोइरालाका अनुसार जिल्लामा गरीबि आथिक अभिाव, अशिक्षाको कारण केही व्यक्तिहरूको बिभिन्न प्रलोभनमा पार्दै मुगुका केही बालबालिकाहरू घर परिवारबाट बाहिरिएका र अन्य जिल्ला जस्तो बालबालिका भारतलगायत अन्य देशहरूमा बिक्री हुने रेकर्ड रहेको छ ।