कर्णाली प्रतिष्ठान र गंगालाल हृदय केन्द्रबीच शैक्षिक सम्झौता

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबी ऐतिहासिक सम्झौता भएको छ । बुधबार गंगालाल अस्पतालमा विश्व मुटु दिवसको अवसरमा एक कार्यक्रमका बीच कर्णाली प्रतिष्ठान र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबी शैक्षिक अनुसन्धानात्मक कार्यका लागि औपचारिक सम्झौता भएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले गंगालाल अस्पताल कर्णाली प्रतिषठन बीच जनशक्तिको सुदृढीकरण, शैक्षिक अनुसन्धान र जनशक्तिको आदान प्रदान लगायतका विषयमा सम्झौता भएको बताए ।
सम्झौताअनुसार अब कर्णाली प्रतिष्ठानमा अध्ययन गर्ने मेडिकल विद्यार्थीहरुले गंगालाल अस्पतालमा मुटु रोगका उपचारबारे तालिम लिन पाउनेछन । गंगालालका विद्यार्थीहरुले पनि कर्णाली प्रतिष्ठानबाट आवश्यक सहयोग परामर्श लिने छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीलाई मुटु रोगसम्बन्धी अनुसन्धान तथा तालिमका लागि गंगालाल अस्पतालले सहयोग गर्ने प्रतिष्ठानका उपकुलपति रावललले बताए ।
यता गंगाला अस्पतालका डाक्टर चन्द्रमणि अधिकारीले भने, “यो सम्झौताले कर्णालीको स्वास्थ्य शुदृढीकरण तथा अध्यायन अनुसन्धानका लागि कोसे ढुंगा हुने छ । सम्झौता अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत चिकित्सकलाई गंगालालमा २ महिनासम्मको मुटु रोगको प्राथमिक उपचार तथा मुटु रोगका बारेमा तालिम प्रदान गरिने छ । अनुसन्धानात्मक कार्यमा सहयोग गर्छौं । यो सम्झौताले त्यहाँ पढ्ने मेडिकल विद्यार्थीको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्छ भन्ने हाम्रो विश्वास छ ।”
सहकार्य र समन्वयका आधारमा गरिने कामले नजिता सकारात्मक दिने भन्दै सम्झौताले सुगम र दुर्गमको स्वास्थ्य सेवा प्रभावकारी तथा अध्यायन अनुसन्धान पनि परिणाममुखी हुने बताइएको छ ।