एमालेले संविधानमाथि नै हमला ग-यो : भुसाल

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संसद् अवरुद्ध पारेर संविधानमाथि नै हमला गर्ने काम गरिरहेको आरोप लगाएका छन् ।
महासचिव भुसालले एमालेले अदालतमा विचाराधिन मुद्दालाई विषय बनाएर संसद् अवरुद्ध पार्नु गैरसंवैधानिक र गैरकानुनी कदम भएको तर्कसमेत गरे । शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले सदन अवरुद्ध पार्ने कामले एमाले आफैं जनताको माझमा नांगिदै गएको दाबीसमेत गरे ।
महासचिव भुसालले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारुढ गठबन्धनले पहिलो प्राथमिकता दिएको पनि बताए । तर उनले मन्त्रिपरिषद्ले कहिले पूर्णता पाउँछ भन्ने विषय भने खुलाएनन् ।