नबिल बैंकलाई दोस्रोपटक लिडिङ पार्टनर बैंक २०२१ सम्मान «

नबिल बैंकलाई दोस्रोपटक लिडिङ पार्टनर बैंक २०२१ सम्मान

नबिल बैंक २०२१ का लागि एसियाली विकास बैंक ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामबाट नेपालको लिडिङ पार्टनर अवार्डबाट सम्मानित भएको छ । सोही अवार्ड नबिल बैंकले गत वर्ष पनि प्राप्त गरेको थियो ।
एसियाली विकास बैंकको व्यापार वित्तको बजारलाई उत्थान गर्दै व्यापारलाई हौसला दिने उद्देश्यका साथ बैंकहरूलाई जमानी र ऋण प्रदान गर्छ । ट्रेड फाइनान्स प्रोग्रामले जमानी र ऋणमार्फत बजारमा रहेका कठिनाइहरू अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न सशक्त पार्छ । एसियाली विकास बैंक ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०२० देखि ३० जुन २०२१ सम्म नेपालमा एडीबीसँग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्