मोरिस ग्यारेजको अल न्यु हेक्टर शाइन २०२१ एसयूभीको बुकिङ खुला «

मोरिस ग्यारेजको अल न्यु हेक्टर शाइन २०२१ एसयूभीको बुकिङ खुला

एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्राइभेट लिमिटेडले हेक्टर २०२१ शाइन भेरियन्टको बुकिङ सुरु गरेको छ । हेक्टर १.५ लिटर टर्बोचार्ज्ड इन्टरकुल इन्जिन रहेको र यो दुवै एमटी र सीवीटी भेरियन्टमा उपलब्ध रहने कम्पनीले जनाएको छ ।
यो विकसित एसयूभी अल–न्युबोल्ड फ्रन्ट क्रोम ग्रिल, एलईडी हेडल्याम्प, स्टाइलिस आर १७ सिल्वर एलोइ, इलेक्ट्रिक सनरुफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ ब्रेक र अन्य थुप्रै सुविधा रहेको कम्पनीले जनाएको छ ।
यसमा स्टनिङ २६.४ सेन्टिमिटरको एचडी टचस्क्रिन एभीएन प्रणाली रहेको छ । यो गाडी हभाना ग्रे, क्यान्डी ह्वाइट, स्टारी ब्ल्याक र अरोरा सिल्वरलगायत विभिन्न सेड्सहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्