म्याक्स मिडिया डिजिटल गुरु प्रतियोगिताको सुरूवात «

म्याक्स मिडिया डिजिटल गुरु प्रतियोगिताको सुरूवात

म्याक्स मिडियाको आयोजनामा ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता शुभारम्भ भएको छ । डिजिटल मिडिया सम्बन्धी प्रतियोगिताले डिजिटल मिडियामा विज्ञता भएका व्यक्तिलाई भाग लिन आह्वान गरेको छ । ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता सञ्चालन गर्नुको मुख्य उद्देश्य नै डिजिटल मिडियामा विज्ञता भएका व्यक्तिहरुको पहिचान गर्दै नेपाली मिडिया उद्योगलाई टेवा पु-याउन त्यस्ता व्यक्तिहरुको पहिचान, प्रोत्साहन र अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।
म्याक्स मिडिया डिजिटल गुरु एउटा विशेष चुनौतिको परीक्षण गर्ने लक्ष्य सहित पहिलो पटक प्रस्तुत भएको डिजिटल हेडहण्ट हो जहाँ सहभागीले प्रतियोगिताको नियममा रही आफ्नो रुचीको विषयमा डिजिटल मिडिया सम्बन्धि सबल प्रस्तुति प्रस्तुत गर्न दिइने छ । यसबाट नेपालको डिजिटल मिडियाको उत्थानका लागि एउटा नयाँ अध्ययन सुरु हुने बताइएको छ ।
यो उत्साहसँग आफ्नो नयाँ अनुभव कोर्नुका साथै सीमित घेराभन्दा बाहिर निस्किएर सिक्न र आफ्नो क्षमता बाहिर ल्याउनका लागि यो एउटा त्यस्तो अवसर हुने कम्पनीले विस्वास लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्