जगदम्बा मोटर्सले एनटर्किएन राइडको आयोजना गर्ने «

जगदम्बा मोटर्सले एनटर्किएन राइडको आयोजना गर्ने

टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले एनटर्क परिवारमा ५० हजार सदस्य पुगेको अवसर मनाउन सबै एनटर्किएनको निम्ति एक सेलिब्रेसन राइडको आयोजन गरेको छ ।
यो राइड यही असोज १६ गते नक्सालको टीभीएस शो रुमदेखि धुलिखेलको मिराबेल रिसर्ट होटेलसम्म हुने कम्पनीले जनाएको छ ।
भेन्युमा पुगेलगत्तै लाइभ म्युजिक, मनोरञ्जनात्मक खेलहरू र सहभागीहरूसँग एक अन्तरक्रियात्मक सत्रको पनि आयोजना गरिएको छ । यो सेलिब्रेसनको मुख्य उद्देश्य सबै एनटर्किएनहरूलाई एकै ठाउँमा ल्याउने र एक एनटर्किएन क्लबको गठन गर्नु रहेको कम्पनीले जनाएको छ । जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले टीभीएस परिवारमा ५० हजार सदस्य पुगेको अवसरमा खुसी साट्न यो कार्यक्रम गर्न लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्