इन्भेष्टमेन्ट बैंकको ‘स्क्यान टु पे’ सेवा सुरु

फोकसवान पेमेन्ट सोलुसन र भिसाले पहिलो पटक नेपाल इन्भेष्टमेन्ट बैंकको सहकार्यमा ‘मोको’बाट स्क्यान–टु–पे नेपालमा सुरुवात गरेको छ । फोकसवान पेमेन्ट सोलुसन नेपाल राष्ट्र बैंकद्वारा लाइसेन्सप्राप्त एक भुक्तानी सेवा प्रदायक संस्था हो । कम्पनीले आफ्नो मोबाइल डिजिटल वालेट ‘मोको’ यो सेवा आजदेखि सुरू गरेको छ ।
मोकोमा प्रयोगकर्ताहरु सजिलै आफ्नो फोनमा भिसा कार्ड विवरण लिंक गर्न सक्छन् । एक मर्चेन्ट्मा प्रदर्शित क्युआर कोड स्क्यान गरेर लेनदेनको लागि भुक्तानी सुरू गर्न सक्छन् । कम्पनीका अनुसार पेमेन्ट कार्ड इन्डस्ट्री डेटा सेक्युरिटी स्ट्यान्डर्ड प्रोटोकलबाट मान्यता पाएकोले यो एप सुरक्षित छ ।
यो क्युआर भुक्तानीको प्रक्रियाबाट प्रयोगकर्ताहरुले एउटा मोबाइल एपको प्रयोगले नै क्युआर कोडको माध्यमबाट विभिन्न मर्चेन्ट आउटलेटहरुमा भुक्तानी गर्न सक्छन् ।
नेपाल इन्भेष्टमेन्ट बैंकका भिसा कार्ड प्रयोगकर्ताहरुले अब ‘मोको’ एपमा आफ्नो डेबिट वा क्रेडिट कार्डहरु लिंक गरी खरिद तथा विभिन्न सेवाहरु टेलिकम टप अप, इन्टरनेट र बिजुली बिल भुक्तानीको लागि प्रयोग गर्न सक्नेछन् ।
यो सेवा लिन डिजिटल वालेटमा ग्राहकले पटक–पटक ब्यालेन्स लोड गरी रहनु नपर्ने तथा हरेक समय ‘मोको’ प्रयोगकर्ताहरुले लेनदेनको समयमा अपलोड गरिएको भिसा कार्डबीच कुनै पनि कार्ड छनौट गर्न सक्छन् ।
मोको प्रयोगकर्ताहरुले किनमेलको समयमा एपमा अपलोड गरिएको कुनै पनि भिसा कार्ड भुक्तानीका लागि छनौट गर्न सक्छन् । अन्तरक्रिया सिस्टमयुक्त मोको धेरै बैंक कार्डहरुको लागि एकल डिजिटल एक एकल वालेटको रूपमा कार्य गर्दछ ।
फोकसवान पेमेन्ट सोलुसन सहसंस्थापक र मुख्य कार्यकारी अधिकृत प्रणय राजभण्डारीका अनुसार ‘मोको’, एक पहिलो किसिमको ‘ओपन लुप नन–स्टोर भ्यालु’ डिजिटल वालेट हो जसमा ग्राहकहरुले सजिलै आफ्नो कार्डको विवरण राखी तुरुन्तै प्रयोगमा ल्याउन सक्छन् । कम्पनीले आगामी महिनाहरुमा १० भन्दा बढी अन्य बैंकहरुसँगको सेवा थप गर्नेछन् र निकट भविष्यमा सबै बैंक र वित्तीय संस्थाहरुमा सेवा विस्तार गर्ने योजना राखेको उनले बताए ।