भवन निर्माणका लागि बृज सिमेन्टको सहयोग

बृज सिमेन्ट इन्डष्ट्रिजले नेपाल पत्रकार महासंघ चितवन शाखाको भवन निर्माणका लािग सहयोग गरेको छ । शाखाको भवन निर्माण गर्न आवश्यक पर्ने सिमेन्ट पुष्पतारा केडिया सेवा फाउन्डेसन तथा वृज सिमेन्ट इन्डष्ट्रिज प्रालिले उपलब्ध गराउने भएको हो ।
पुष्पतारा केडिया सेवा फाउन्डेसनले विभिन्न सामाजिक संघ–संस्थालगायत विभिन्न क्षेत्रहरूमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजनाहरूलाई सहायता प्रदान गर्दै आएको छ ।