Logo

कोका–कोलाको धन्यवाद दसैं अभियान

कोका–कोलाले यसपालीको दसैं अभियान धन्यवाद शब्द केन्द्रित गरेको छ ।
कठिन समयमा कोका–कोलाका लागि साथीको रुपमा साथै सहयात्री रहेका व्यक्तिहरुलाई एउटा कोकको बोतल मार्फत धन्यवाद दिनु योजनाको मुख्य आशय रहेको कम्पनीले बताएको छ । कोका–कोलाले आफ्ना सहयात्री बनेका व्यक्तिलाई धन्यवाद प्रकट गर्न ८ वटा नयाँ लेबल प्रस्तुत गरेको छ । जसमा आमा, बुबा, दाइ, भाइ, दिदी, बहिनी, साथी र सेवाकर्मीहरु रहेका छन् ।
५ वर्षदेखि कोका–कोलाले ग्लोबल ‘सेयर ए कोक’ अभियान अन्तर्गत इनोभेटिभ विषय वस्तुहरु प्रस्तुत गर्दै आएको छ । जसलाई ‘मन खोलौं कोकसँग’ को रुपमा स्थानीयकरण गरीएको थियो । यो अभियान सम्बन्धहरुलाई नजिक ल्याउनमा केन्द्रित रहेको कम्पनीको भनाइ छ । यस वर्ष भने कोकले व्यक्तिगत रुपमा कृतज्ञा प्रकट गर्न एक कदम अगाडि बढाएको बताएको छ ।
इभेन्टमा कोका–कोलाले कोभिड १९ को विरुद्ध समाजको लागि सुरक्षा प्रदान गरेका र लडेका विभिन्न क्षेत्रका ८ जना व्यक्तिहरुलाई कृतज्ञा प्रकट गरी सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्