चेम्बरको दसैं र तिहार व्यापार मेला «

चेम्बरको दसैं र तिहार व्यापार मेला

काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा व्यापार मेला सुरु भएको छ ।
नेपाल महिला चेम्बरको सक्रियतामा नेपालमा उत्पादित अर्गानिक कृषि उत्पादन तथा अन्य उपभोग्य वस्तुहरुको प्रवद्र्धनका लागि व्यापार मेला सुरु गरिएको हो । सो मेलाको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले देशमा उत्पादन वृद्धि गरी रोजगारीको अवसरको सृजना गरी आत्मनिर्भर बन्न महिला उद्यमीहरुले कर्म क्षेत्रमा लाग्नु पर्नेमा जोड दिए ।
कोभिड १९ को संक्रमणको चुनौतीको सामना गर्दै व्यवसायको प्रवद्र्धन गर्दै स्थानीय उत्पादनलाई जोड दिनुपर्ने उनले बताए । नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीहरुको अग्रसरतामा भएको व्यापार मेलाले महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
उनले कोरोनाले थला परेको अर्थतन्त्रलाई अगाडी बढाउनुका साथै साना उद्यमी व्यवसायलाई उत्थान गर्नमा यस व्यापार मेलाले सहयोग पुग्ने विचार व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्