केवल टेलिभिजन व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केवल टेलिभिजन व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएकी छन् ।
बुधबार केवल टेलिभिजन व्यवसायी महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले केवल टेलिभिजन व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने बताइन् । उनले सरकारले सञ्चारलाई गाउँ–गाउँमा पुर्याउनु पर्ने काम निजी क्षेत्रले गरिरहेको बताइन् । मन्त्री भुसालले विज्ञान प्रविधिको विकासले अहिले सबैसँग हातको मोबाइल चिप्समा संसार भएको भन्दै ती सबैलाई नियमन, अनुगमन र नियन्त्रण कसरी गर्ने भन्ने कुरा सरकारले हेर्नुपर्ने बताइन् । उनले निजी क्षेत्रले व्यवसाय र पेशामै प्रभाव पारेको भन्दै मन्त्री भुसालले पेशागत जीवनमा परेका समस्या र चुनौतिहरुलाई सरकारले सकारात्मक ढंगले ग्रहण गर्ने र संवाद द्वारा केवल टेलिभिजन व्यवसायीहरुको मागको हल निकाल्ने बताइन् ।
मन्त्री भुुसालले भनिन्, ‘हामीले प्राप्त गरेको राजनीतिक अधिकारमा पाएको महत्वपूर्ण अधिकार सूचनाको हक हो, यो अधिकार ल्याउन सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको ठूलो हात छ, हामीले अहिलेको परिवर्तन, राजनीतिककर्मी, आम जनता र सञ्चारकर्मीहरुको कुल योगले पाएका हौँ, हामीले अहिले धेरै अधिकारलाई संस्थागत गर्न सकेका छौँ, हाम्रो देशमा साढे सात सयभन्दा बढी त एफएमहरु छन्, न्यूज नै आफूले मात्रै बनाएर ब्रोडकास्ट गर्न पाउने अधिकार नेपालमा मात्रै हो, अरु देशमा सरकारले बनाएका समाचार छाप्ने हो, हामीले मोबाइल, चिप्स जस्ता सामग्रीबाट हातहातमा पाएको समाचारको र सूचनाको हकलाई न्यूनिकरण गर्नुहुँदैन, केवल टेलिभिजन व्यवसायी साथीहरुले गाउँ–गाउँ, ठाउँ–ठाउँमा पुगेर राज्यले दिनुपर्ने सेवालाई निजी क्षेत्रलेप नि दिएको छ, म त्यसलाई सम्मान गर्दछु, राज्यका आज आफ्नो टेलिफोन, टेलिभिजन हुँदाहुँदै निजी प्रदायकहरु पनि हुनुहुन्छ, सँगै विज्ञानको प्रविधिले सबैका एउटा हातमा मोबाइल, चिप्सहरुमा संसार छ, त्यसको नियमन, अनुगम, नियन्त्रण कसरी गर्ने ?आदिबारे पनि चुनौतीहरु छन् । जसको अलि बढी सामना राज्यका हकमा पनि हुन्छ यो, यसलाई नियमन र नियन्त्रण गर्ने कुरा तर निजी क्षेत्रले व्यवसाय र पेशामै प्रभाव पार्ने भएकोले म यहाँहरुलाई के प्रतिवद्धता जनायन चाहन्छु भने यहाँहरुका पेशागत जीवनमा परेका समस्या र चुनौतीहरुलाई राज्यले सकारात्मक ढंगले ग्रहण गर्नेछ, मैले पनि नेपाल सरकारको मन्त्रीको हैसियतले सकारात्मक रुपले ग्रहण गर्नेछु र संवादद्वारा समाधान गर्ने कुराको पनि विश्वास दिलाउँछु ।’
मन्त्री भुसालले सबैको अभिभावक भएकाले सरकारले निजी र सामुदायिक क्षेत्रका र जनताका समस्याको समाधान गर्ने बताइन् । उहाँले आजको विद्युत प्राधिकरणको बैठकमा पोल भाडा वृद्धिको विषयमा छलफल गर्ने बताए ।