लक्ष्मी बैंकलाई एसियन डेभलपमेन्ट बैंकको ‘लिडिङ पार्टनर बैंक’ उपाधि «

लक्ष्मी बैंकलाई एसियन डेभलपमेन्ट बैंकको ‘लिडिङ पार्टनर बैंक’ उपाधि

एसियन डेभलपमेन्ट बैंकले २०२१ को लिडिङ्ग पार्टनर बैंकको उपाधिबाट लक्ष्मी बैंकलाई सम्मानित गरेको छ । सो उपाधि एडिबीको ट्रेड तथा सप्लाई चेन फाइनान्स योजनाअन्तर्गत रहेको छ जसमा एडीबीसँग को सहकार्य मा सबैभन्दा बढी कारोबार गर्ने बैंकलाई प्रदान गर्ने गरिन्छ । लक्ष्मी बैंकले सो उपाधि लगातार दोस्रो वर्ष प्राप्त गर्न सफल भएको हो ।
एडीबीले सो उपाधिहरू जुलाई १, २०२० देखि जुन ३०, २०२१ को अवधिभर गरिएको विभिन्न सहकार्यको आधरमा प्रदान गर्ने गरेको छ र सोही अवधिमा लक्ष्मी बैंक ले बिभिन्न साना, मझ्यौला तथा ठूला संस्थाहरूसँग कारोबार गरी सबै भन्दा सकृय साझेदार बैंकको रूपमा प्रस्तुत भएको छ । एडिबी को ‘लिडिङ्ग पार्टनर बैंक’ उपाधिले लक्ष्मी बैंकको व्यापार तथा वित्त, परिचलन क्षमता, वित्तिय स्वास्थ र जोखिम व्यवस्थापान को सुदृढीकारण गर्ने प्रयासहरूलाई अझ सार्थक बनाएको छ ।
हालको कोभिड–१९ को स्थितिका कारण, भर्चुअलु गरिएको पुरस्कार समरोहमा सो उपाधि लक्ष्मी बैंकलाई प्रदान गरिएको थियो । सो कार्यक्रममा २ सयभन्दा बढी साझेदार बैंकहरू उपस्थित थिए जसमा २५ बैंकहरूलाई २० वटा श्रेण्ीामा विभिन्न उपाधिहरूद्वारा सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्