जेम्समा पहिलोपटक डिजिटल मार्केटिङ कोर्स, अक्टोबरदेखि सञ्चालनमा

जेम्स इन्स्टिच्युट अफ हायर एजुकेसनमा पहिलोपटक डिजिटल मार्केटिङ कोर्स सञ्चालन हुँदैछ । ‘गेटिङ स्टार्टेड विथ डिजिटल मार्केटिङ’ भन्ने अभियानसहित डिजिटल मार्केटिङ इन्स्टिच्युसन, आयल्र्यान्डसँगको साझेदारीमा सञ्चालन गर्न लागिएको डिजिटल मार्केटिङ विषयसम्बद्ध छोटो अवधिको कोर्स हो ।
डिजिटल माकेर्टिङ कोर्सको विषयमा विस्तृत जानकारी गराउने उद्देश्यले जेम्स इन्स्टिच्युट अफ हायर एजुकेसनद्वारा ‘गेटिङ स्टार्टेड विथ डिजिटल मार्केटिङ’ विषयक वेबिनार कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा डिजिटल मार्केटिङ विषयमा छोटो अवधिको कोर्समा दर्ता गर्न खोज्ने उम्मेदवारहरूको सहभागिता थियो ।
यो कोर्स डिजिटल मार्केटिङ इन्स्टिच्युसन आयल्र्यान्डसँगको साझेदारीमा जेम्स जिआइएचईले नेपालमा पहिलो पटक सञ्चालन गर्न लागेको हो ।
कार्यक्रममा डिजिटल माकेर्टिङ कोर्सका अनुमोदन प्रदायक साझेदार डा. एलेक्स टियरनी र वैश्विक साझेदार अकाउन्ट प्रबन्धक लियम सेल प्रमुख वक्ता थिए । कार्यक्रममा पर्याप्त मात्रामा उपस्थित सहभागीहरूले उक्त कोर्सको सञ्चालन, प्रमाणीकरण र परिणामसँग सम्बद्ध विविध प्रश्नहरू गरेका थिए । ती सबै प्रश्नको उत्तर उनीहरूले दिए ।
यस कोर्सका ८ वटा गौण व्यावसायिक सिपका साथै १० वटा प्रमुख मोड्युल छन् । माध्यमिक, स्नातक र स्नातकोत्तर उत्तीर्ण सबै तहका विद्यार्थीका साथै मार्केटिङ प्रबन्धक, कार्यकारी, साना व्यवसायी, उद्यमी र डिजिटल मार्केटिङ क्षेत्रमा काम गर्न चाहने सबैका लागि व्यावसायिक सीप अभिवृद्धिका दृष्टिले यो कोर्स निकै आवश्यक र उपयोगी छ ।