लुम्बिनी वाणिज्य क्याम्पसका एमबीए विद्यार्थीले सेमिनार गर्दै «

लुम्बिनी वाणिज्य क्याम्पसका एमबीए विद्यार्थीले सेमिनार गर्दै

लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल रुपन्देहीमा अध्ययनरत एमबीए विद्यार्थीहरूले क्याम्पस सँगको सहकार्यमा २०७५ माघ २७ गते आइतबारको दिन ‘व्यवस्थापनका समकालीन मुद्दाहरू’ विषयमा एकदिने राष्ट्रिय स्तरको सेमिनारको आयोजना गर्ने भएको छ । व्यवस्थापनका विश्वव्यापी मुद्दाहरूलाई स्थानिय स्तरमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने आयोजकले बताएको छ ।
कार्यक्रमलाई राष्ट्रिय सहकारी बैंकका प्रमुखकार्यकारी अधिकृत बद्री गुरागार्इं, धितोपत्रबोर्ड नेपालका विज्ञ सञ्चालक सदस्य निल सारुलगायतले व्यवस्थापनका विभिन्न मुद्दाहरूमा सम्बोधन गर्ने बताइएको छ । यस कार्यक्रम विद्यार्थी, शिक्षक, प्रोफेसर, उद्यमी, बैंकरलगायत व्यवस्थापनका विषयमा चासो राख्नेहरूलाई लक्षित गरिएको आयोजकले बताएको छ । कार्यक्रम लुम्बिनी वाणिज्य क्याम्पसमा बिहान ८ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्