भारत सरकारको सहयोगमा निर्मित विद्यालय उद्घाटन «

भारत सरकारको सहयोगमा निर्मित विद्यालय उद्घाटन

भारत सरकारको सहयोगमा काभ्रेमा ६ वटा विद्यालय निर्माण भएको छ । भारतको विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त सचिव अनुराग श्रीवास्तव र काभ्रेपलाञ्चोक–२ का प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँसकोटा, काभ्रेपलाञ्चोक–१ का प्रतिनिधिसभा सदस्य गंगाबहादुर तामाङ तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुवप्रसाद शर्माले काभ्रेमा निर्माण सम्पन्न भएका ६ वटा विद्यालयको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
भारत सरकारको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत यी ६ वटा विद्यालय १९ करोड लागतमा निर्माण भएको हो । उक्त कार्यक्रममा भारतीय राजदूतावासका अधिकारी, केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षा, जिल्ला आयोजना कार्यान्वयन इकाई काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका, पनौती नगरपालिकाका प्रतिनिधि तथा अन्य सरोकारवालाको उपस्थिति थियो ।
नेपाल सरकारले निर्धारण गरेको भूकम्प–प्रतिरोधी पुनर्निर्माण मापदण्ड अनुरुप आजाद माध्यमिक विद्यालय बनेपा, भगवती माध्यमिक विद्यालय पाँचखाल, आजाद माध्यमिक विद्यालय पाँचखाल, दुग्धेश्वर माध्यमिक विद्यालय पाँचखाल, शारदा माध्यमिक विद्यालय पनौती र खाँडादेवी माध्यमिक विद्यालय चौरी देउराली गरी ६ वटा विद्यालयको निर्माण सम्पन्न गरिएको हो र निर्मित भवनबाट दुई हजारभन्दा बढी विद्यार्थीले अध्ययन गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्