पोखरा विमानस्थलको ८४% निर्माण कार्य सम्पन्न «

पोखरा विमानस्थलको ८४% निर्माण कार्य सम्पन्न


राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ८४ प्रतिशत सम्पन्न भएको छ ।
करिब २२ अर्बको परियोजना पोखरा विमानस्थल निर्माणको हालसम्म करिब ८४ प्रतिशत निर्माण कार्य सम्पन्न भएको पोखरा क्षेत्रीय अन्तर्राट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख विनेस मुनानकर्मीले बताए ।
गत वर्ष पहिलो लहरको कोरोना र यस चालू आर्थिक वर्षमा पनि दोस्रो लहरको कोरोनाका कारण कामदार तथा निर्माण सामग्री समयमै व्यवस्थापन गर्न नसक्दा निर्धारित समय सीमाभित्र उक्त परियोजना सम्पन्न गर्न कठिन भएसँंगै ६ महिनाको म्याद थप भएको उनले जनाए । सन् २०२१ को जुलाई १० अर्थात् यही असार २६ गतेभित्र पोखरा विमानस्थल निर्माण कार्य सम्पन्न हुने गरी चीनको सीएएमसी कम्पनीले जिम्मा लिए पनि कोरोनाका कारण समयसीमा भित्र नसकिएकाले कम्पनीले ६ महिना समय थप गर्न प्रस्ताव गरेको थियो ।
पोखरामा हाल निर्माण भएको दुई हजार पाँच सय मिटर लम्बाइको रनवे, रनवेको चौडाइ भने ४५ मिटरको रिजिट कंक्रिट पेभमेन्टको आधारमा पोखरा विमानस्थलको धावनको मार्ग अन्य क्षेत्रको भन्दा फरक भएको आयोजनाको दाबी छ । ४१७÷१२९ मिटरको क्षेत्रफलको अन्तर्राष्ट्रिय एप्रोन हाल निर्माण भए पनि भविश्यमा पुनः विस्तार गर्ने योजना अनुरुप १५०/१५२ मिटरको जग्गासमेत व्यवस्थापन गरिएको मुनानकर्मीले बताए । आठ हजार अन्तर्राष्ट्रिय र ६ हजारजसो आन्तरिक पर्यटकका लागि, कन्ट्रोल टावर ११७ मिटरको, फायरफाइटिङ क्याटगोरी एटको साथमा एउटा एम्बुसेन्ससमेत व्यबस्था गर्ने उनले जनाए । डिसेम्बरभित्र विमानस्थलका लागि आवश्यक पर्ने कुर्सीदेखि अन्य सामानसमेत पोखरा भित्रिसक्ने मुनानकर्मीको दाबी छ ।
हालसम्म पोखरामा १५० देखि दुई सय सिट क्षेमताका न्यारोवडी जहाज आउने गरी विमानस्थल निर्माण कार्यसँंगै छिट्टै सञ्चालन गर्ने तयारी गरिएको पोखरा विमानस्थल कार्यालयका प्रमुख एवं आयोजनाका अप्रेसन सञ्ंचालन गर्ने जिम्मा पाएका विक्रम गौतमले बताए । उक्त विमानस्थलबाट पहिलो चरणमा आन्तरिक उडानबाटै सुरु गरी अन्तराष्ट्रिय हवाई उडानको संघ संस्थासँंगको समन्वय र सहकार्य एवं मानयता प्राप्त भएसंँगै अन्तर्राष्ट्रिय क्षेत्रका केही देशहरुसंग सहकार्य गर्ने भएको उनले जनाए । पोखराको लागि हाल अन्तराष्ट्रिय सिमरा, विरगन्ज र चीनबाट गरी हाल तीनवटा मात्र हवाई रुट रहेको गौतमले जनाए ।
पोखरा विमानस्थलको पुर्वपट्टिको भागमा यस वर्षको वर्षाले ठूलो पहिरो गएको र केही बस्तीसमेत जोखिममा पारेकाले सिँंचाइसहितको वर्षात्को पानी व्यवस्थापनका लागि ३४ करोड रुपैयाँको बजेट आवश्यक पर्ने मुनानकर्मीले बताए ।
यसैबिच मंगलबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यबस्थापनमन्त्री कुमार खड्का, अर्थमन्त्री रामजी प्रसाद बराल, उद्योग पर्यटन वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा, कानुनसञ्चार तथा प्रदेश सभा मामिला बिन्दुकुमार थापा, प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीसहितको टोलीले विमानस्थलको अवलोकन गरेको छ । उक्त टोलीलाई हालसम्म आयोजना भएका गतिविधिको बारेमा जानकारी गराउँदै आयोजना प्रमुृख मुनानकर्मीले चिनियाँ कम्पनीले अबको डिसेम्बरभित्र विमानस्थल निर्माणकार्य सके पनि केही प्राविधिक तयारी नेपाल सरकारले गर्नुपर्ने दायित्व भएको जनाए । ई.भुपेन्द्र कँुवरले पोखरामा पहिला भएका खोल्सामा जथभावी रुपमा घर तथा भौतिक संरचना निर्माण गर्नु, पोखराको काहुँ डाँडादेखि, पोखरा फुलबारीको समेत पानी पोखरा विमानस्थमा आएको हुदा समस्या उत्पन्न भएको दाबी गरे । हाल उक्त परियोजनालाई दिगो रुपमा संचालनको लागि हाल ३४ करोडको बजेट सिंँचाइ र वर्षात्को पानी व्यवस्थापन गर्न सकिने भएको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्