सुमार्गीले ३८ मेगावाटको माथिल्लो आँखुखोला जलविद्युत् आयोजना निर्माण गर्ने «

सुमार्गीले ३८ मेगावाटको माथिल्लो आँखुखोला जलविद्युत् आयोजना निर्माण गर्ने

व्यवसायी अजय सुमार्गीले ३८ मेगावाटको माथिल्लो आँखुखोला जलविद्युत् आयोजना निर्माण गर्ने भएका छन् । धादिङको रुवीभ्याली गाउँपालिका तथा खनियाबास गाँउपालिकामा निर्माण हुने आंँखु खोला हाइड्रो प्रालिद्वारा निर्माण हुने ३८ मेगावाट क्षमताको माथिल्लो आंखु खोला जलविद्युत् आयोजनामा सिटिजन्स बैंकको अगुवाइमा नेपाल एसबीआई बैंक, नेपाल बंगलादेश बैंक, मेगा बैंक र सिभिल बैंकबाट ऋण लगानी गर्ने गरी प्रवद्र्धक कम्पनी र बैंकहरू बीच मंगलबार वित्तीय व्यवस्थापनका लागि सम्झौतामा पत्रमा हस्ताक्षर भएको छ ।
परियोजनाको अनुमानित लागत करिब सात अर्ब ३३ करोडमा बैंकहरूको ७५ः२५ को ऋण स्वपुँजी अनुपातमा पाँच अर्ब ५० करोड बराबरको ऋण लगानी रहनेछ भने २५ प्रतिशत स्वपुँजी प्रवद्र्धकबाट जुटाइने छ ।
चार वर्षभित्र आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ६६.७०० गिगावाट घन्टा र बर्खामा १५२.४३८ गिगावाट गरी वार्षिक २१९.१३८ गिगावाट घन्टा खुद विद्युत् उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्