स्वच्छ ऊर्जा निर्यातमार्फत कार्बन विस्थापन «

स्वच्छ ऊर्जा निर्यातमार्फत कार्बन विस्थापन


अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष जर्नादन शर्माले स्वच्छ ऊर्जाको निर्यातमार्फत कार्बन विस्थापन गर्ने बताएका छन् ।
बेलायतको संयोजनमा आगामी १ देखि १२ नोभेम्बरसम्म स्कटल्याण्डको ग्लास्गो सहरमा आयोजना हुन गइरहेको द २०२१ यूएन क्लाइमेट चेन्ज कन्फरेन्सको पूर्वतयारी स्वरुप बुधबार आयोजित कार्यक्रम अर्थमन्त्री शर्माले स्वच्छ ऊर्जाको आयातमार्फत कार्बन विष्थापन गर्ने बताएका हुन् । लगानी बोर्डको कार्यालय, बेलायतस्थित नेपाली दुतावास र बेलायत सरकारको अन्तर्राष्ट्रिय व्यापार विभागले संयुक्त रूपमा भर्चुअलमाध्यमबाट आयोजित कार्यक्रम उनले नेपालले हरित पूर्वाधार लगानीमा जोड दिएको बताउँदै जलवायु परिवर्तनबाट हुनसक्ने असरलाई न्यूनीकरण गर्न सरकारले विशेष योजनासहित अघि बढेको बताए । विकसित राष्ट्रहरूले उत्पादन गरेको कार्बनको असरको कारण नेपालमा अनावृष्टि र खण्डवृद्धि भएको उनको भनाइ थियो ।
नेपाल र बेलायतका निजी क्षेत्रबीचमा ऊर्जा सहकार्यताको आवश्यकता रहेको बताउँदै यसका लागि दुवै देशका निजी क्षेत्रको सकृयता हुनुपर्ने कार्यक्रममा सहभागीहरूले बताएका थिए । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले ऊर्जा क्षेत्रमा नेपालमा रहेको अपार सम्भावनाको उपयोग गर्न दुवै देशका लगानीकर्तालाई आह्वान गरे । नवीकरणीय तथा स्वच्छ ऊर्जा विकासका लागि हालनको नीति र कानुन उचित रहेको उनको भनाइ थियो ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधु भेटुवाल, वन तथा वातावरण मन्त्रालयका सहसचिव राधा वाग्ले, लगानी बोर्डका सिनियर डिभिजनल इन्जिनियर सागरराज गौतम, यूके–नेपाल व्यापार तथा लगानी फोरमका सभापति लर्ड शेख, नेपालस्थित बेलायती राजदूत निकोला पोलिटलगायतले हरित अर्थतन्त्रको प्रवद्र्धनका लागि दुवै देशका निजी क्षेत्रबीच सहकार्य सम्भव भएकाले यसका लागि अघि बढाउन सबै सरोकारवाला निकाय सकृय हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्