अर्गानिक इन्डियाको उत्पादन तुल्सी ग्रीन टी नेपाली बजारमा «

अर्गानिक इन्डियाको उत्पादन तुल्सी ग्रीन टी नेपाली बजारमा

विश्वभर विशुद्ध अग्र्यानिक उत्पादन पु-याउने उद्देश्यसहितको अग्र्यानिक इन्डियाका उत्पादनहरू अब नेपलमा पाइने भएको छ । अर्गानिक इन्डियाले एक कार्यक्रम आयोजना गरी अर्गानिक तुलसी चिया नेपालमा भित्र्याएको जनाएको छ । खास गरी चियाका पारखीहरूलाई लक्षित गरी कम्पनीले तुल्सी ग्रीन टीका पामिग्रानेट, लिमनजिन्जर, क्लासिक, अर्ल ग्रे र जस्मिन गरी ५ विभिन्न स्वादमा नेपालमाल्याएको हो । हाल भारतमा मात्र उत्पादन भइरहेको चिया नेपाली माटो, वातवारण र चिया उत्पादनको लागि सुहाउँदो जमिन पाएमा नेपालमा पनि यसको उत्पादन गर्ने योजना रहेको अर्गानिक इन्डियाका अन्तर्राष्ट्रिय व्यापारका जनरल म्यानेजर गुरप्रित सिंहले बताए । सिंहले नेपालमा अर्गानिक चियाबाट बजार सुरु गरेको र विस्तारै आफ्ना अन्य उत्पादनहरू पनि नेपाली बजारमा ल्याउने योजना रहेको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्