विपत् व्यवस्थापन सिकाई केन्द्र स्थापना «

विपत् व्यवस्थापन सिकाई केन्द्र स्थापना


दैलेखका दुई पालिकामा विपद् व्यवस्थापन तथा जलवायू परिवर्तन अनुकुलन सिकाई केन्द्र स्थापना गरिएको छ । सोसेक नेपालको सहयोगमा दुल्लु नगरपालिका र आठबीस नगरपालिकामा उक्त केन्द्र स्थापना गरिएको हो । जलवायू परिवर्तन र विपद् व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उदेश्यले केन्द्र स्थापना गरिएको संस्थाले जनाएको छ ।
केन्द्रमार्फत समुदायस्तरका कृषक तथा कृषक समुहले जलवायू परिवर्तन अनुकुलनका उपायहरुलाई प्रचार–प्रसारमा समेत टेवा पु¥याउने उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले बताए । विपद् व्यवस्थापन तथा जलवायू परिवर्तन अनुकुलन सिकाई केन्द्र स्थापना लागि सामग्रीहरु समेत दिईएको जनाइएको छ ।
श्रेठका अनुसार दुल्लु नगरपालिकामा स्थापना गरिएको सिकाई केन्द्रका लागि १० थान लाइफ ज्याकेट, १० थान डोरी, ५ थान क्यालाबेरिया, ७ वटा वाटरप्रुफ टेन्ट, २० थान पाल, ३० थान रवर टेवल, ४ थान कटिङ पिलास प्रदान गरिएको छ ।
त्यस्तै १ थान चेनस, ५ थान हाते आरा, ३ थान प्राथमिक उपचार बासक, २० थान स्टेचर, ३÷३ थान मेगा लाइट र फोन, ४० थान हेल्मेट, ६ जोर पञ्जा, ४ थान फायर एस्टीड गिसर, १ थान भ¥याङ, २० थान गैटी, १५ थान कोदालो, २० थान सब्बल, २० थान बेल्चा, १० थान स्टील बाल्टिन केन्द्रलाई हस्तान्तरण गरिएको छ । यसैगरी १ थान टेबल, १५ थान पलाष्टिक कुर्ची, १ थान रिभल्बीङ कुर्ची, ३५ मिटर जुट कार्पेट तथा १÷१ थान ल्यापटप, प्रिन्टर र १ थान मल्टिमिडीया समेत प्रदान गरिएको बताईएको छ ।
आठबीस नगरपालिकामा स्थापना भएको केन्द्रका लागि १५ थान लाइफ ज्याकेट, १० थान डोरी, ५ थान क्यालाबेरिया, ७ वटा वाटरप्रुफ टेन्ट, २० थान पाल, ३० थान रवर टेवल, ४ थान कटिङ पिलास प्रदान गरिएको छ । यस्तै १ थान चेनस, ५ थान हाते आरा, ३ थान प्राथमिक उपचार बासक, २० थान स्टेचर, ३÷३ थान मेगा लाइट र फोन, ४० थान हेल्मेट, ६ जोर पञ्जा, ४ थान फायर एस्टीड गिसर, १ थान भ¥याङ, २० थान गैटी, १५ थान कोदालो, २० थान सब्बल, २० थान बेल्चा, १० थान स्टील बाल्टिन केन्द्रलाई हस्तान्तरण गरिएको छ ।
यसैगरी १ थान टेबल, १५ थान पलाष्टिक कुर्ची, १ थान रिभल्बीङ कुर्ची, २० मिटर जुट कार्पेट, १ थान रेस्क्यू बोट, तथा १÷१ थान ल्यापटप, प्रिन्टर र १ थान मल्टिमिडीया समेत प्रदान गरिएको बताईएको छ ।
जिल्लाका ११ वटै स्थानीय तहमा विपद् व्यवस्थापन तथा खोज तथा उद्धारमा सहयोग पुगोस् भन्ने उदेश्यले जिल्ला विपद् व्यवस्थापन समितिलाई समेत सामाग्री सहयोग गरिएको छ । उक्त सामाग्री सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटालाई हस्तान्तरण गरिएको थियो ।
स्थानीय तहमा स्थापना भएको विपद् व्यवस्थापन तथा जलवायू परिवर्तन अनुकुलन सिकाई केन्द्रका लागि र जिल्ला विपद् व्यवस्थापन समितिलाई झण्डै २५ लाख बराबरको सामग्रीहरु सहयोग गरिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्