विवाहको ३ मिनेटमै डिभोर्स «

विवाहको ३ मिनेटमै डिभोर्स

कुवेत सिटी-कुवेतमा एक जोडीको विवाह भएको ३ मिनेटपछिनै डिभोर्स भएको छ । यो विवाहलाई कुवेतको इतिहासमै छोटो मानिएको छ ।
क्यू–८ न्यूजका अनुसार उनीहरुले न्याधीशको अगाडि आफ्नो विवाहको सम्झौतामा हस्ताक्षर गरेका थिए । दुलाहाले आफुलाई ‘मुर्ख’ भनेपछि दुलहीले डिभोर्सको निर्णय लिएकि हुन् । आफुलाई हासोमा उडाएपछि महिलालाई रिस उठेको र तत्काल न्यायधीशसामु विवाह रद्ध गर्नका लागि माग गरेकि थिइन् । उनीहरुको विवाह केबल ३ मिनेटका लागि मात्रै टिकेको थियो ।
यो घटनामा इन्टरनेट प्रयोगकर्ताहरुले सामाजिक सञ्जालमा महिलाप्रति सहानुभूति देखाएका छन् । उनीहरुले विवाह अन्त्य गर्ने महिलाको निर्णय सही भएको बताएका छन् ।
“विवाहको सुरुवातमै उसले जुन किसिमको व्यवहार गरेको छ, यसबाट छुट्टिनुनै उत्तम देखिएको छ,” एक ट्वीटर प्रयोगकर्ताको टिप्पणी गरेका छन् ।
“सम्मानबिनाको विवाह र सुरुमानै एकको अधिकार असफल भएको छ,” अर्काले टिप्पणी गरेका छन् ।

 डेली मेल

प्रतिक्रिया दिनुहोस्