कुमारी बैंकले ८.६७ प्रतिशत लाभांश दिने

कुमारी बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७७÷०७८८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को मुनाफबाट दोहोरो अंकमा लाभांश वितरण गरेको बैंकले गत आर्थिक वर्षको मुनाफबाट भने एकल अंकमा झरेको छ ।
बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि समेत गरी २.६७ प्रतिशत नगद लाभांश गरेर कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंककको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।