दसैंमा कुमारी डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई विशेष छुट

नेपालीहरुको चाडको आगमनसँगै नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्न कुमारी बैंकले आफ्ना डेबिट र क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट दिने उद्देश्यले दराजसँग विशेष छुट सम्बन्धी सम्झौता गरेको छ ।
सम्झौताअनुसार कुमारीका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाइनमा यही असोज १० गते देखी असोज १८ गतेसम्म सामानहरुको खरिदमा अग्रिम छुट प्राप्त गर्नेछन् । सो सम्झौताअनुरूप डेबिट कार्डको प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत अथवा २ हजार रुपैयाँसम्मको र क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत अथवा २५ सय रुपैयाँसम्मको छुट पाउनेछन् ।
सहमतिपश्चात् कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले दराज अनलाइन शपिङ्गमार्फत आफूलाई चाहिने दैनिक उपभोग्य तथा वस्तुहरु झन्झटविना आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन् ।
यस अनिश्चितताका बीच बैंकले आफ्ना ग्राहकहरुलाई सरसामान खरिद लगायत अन्य गतिविधिहरुका लागि डिजिटल बैंकिङ प्रणालीको सकभर प्रयोग गर्न उत्प्रेरित गरिरहेको छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७३ एटीएम, ३२ शाखारहित बैंकिङ्ग एकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।