होण्डा कारमा साढे तीन लाख जित्ने मौका «

होण्डा कारमा साढे तीन लाख जित्ने मौका

नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले नेपालीहरुको महान चाड दसैं, तिहार र छठलाई लक्ष्ति गर्दै ‘होण्डाको फेस्टिभ बोनानजा’ ग्राहकवर्गहरु माझ ल्याएको छ ।
यस खुसीको उत्सवमा नयाँ होण्डा कार खरिद गर्ने ग्राहकहरुले हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, एक वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, एक वर्षसम्मको लागि फ्रि रोड ट्याक्स, ३ वर्षसम्मको लागि फ्रि सर्भिसिङ्ग, ३ वर्षसम्मको लागि स्पेयर पार्टस्मा ७ प्रतिशतको छुटका साथै अन्य धेरै फ्रि आकर्षक उपहार प्राप्त गर्न सक्ने बताइएको छ ।
यसका साथै हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३.५ लाखसम्मको क्यास ब्याक जित्न सक्े कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्