दरबार स्कुललाई सन्राइज बैंकको सहयोग «

दरबार स्कुललाई सन्राइज बैंकको सहयोग

सन्राइज बैंकको १४औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जोन्ता क्लब काठमाडौंलाई आर्थिक सहयोग गरेको छ ।
कोभिड १९ ले शैक्षिक संस्थाहरु पूर्णरुपले सञ्चालन गर्न नसकिएको हालको अवस्थामा केही निजी विद्यालयहरुले डिजिटल कक्षाहरु सञ्चालन गर्दै आएका छन् । तर सरकारी विद्यालयहरुमा भने डिजिटल कक्षाहरु सञ्चालन गर्न पर्याप्त स्रोत, साधान र प्रविधिको अभाव रहेको छ । यसै कुरालाई मध्यनजर गदै सन्राइज बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाई स्कूलअन्तर्गतको संस्कृत माध्यमिक विद्यालयलका शिक्षकहरुका लागि ल्यापटप खरिद गरी आवश्यक तालिम सञ्चालन गर्न दुई लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले यसअघि पनि दरबार हाइस्कूल अन्तर्गतको भानु माविका विद्यार्थीहरुलाई डिजिटल कक्षा सञ्चालन गर्न जोन्ता क्लब काठमाडौलाई तीन लाख रुपैयाँ सहयोग गरेको थियो ।
मंगलबार दरबार हाई स्कूल, रानी पोखरीमा भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले सस्ंकृत माध्यमिक विद्यालयलका प्रधानअध्यापक शिवराज अधिकारीको उपस्थितिमा जोन्ता क्लब काठमाडौंका अध्यक्ष सीमा गोल्छालार्ई चेक हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्