राजविराजको बजेट ५८ करोड

राजविराज नगरपालिकाको नगरसभा सम्पन्न भएको छ । राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले सभामा आव ०७४/७५ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् ।
नगरपालिका प्रमुख यादवले नगरपालिकाका लागि ५८ करोड ७२ लाख ७४ हजार ८७२ रुँपैयाको बजेट सार्वजनिक गरेका हुन् । बजेट सार्वजनिकीकरण गर्दै प्रमुख यादवले आन्तरिकतर्फ १ करोड ८९ लाख २१ हजार ८७२ तथा वित्तीय समानीकरण अनुदानतर्फ २७ करोड ८६ लाख ४९ हजार, विषयगत सःशर्त अनुदान १७ करोड, सडक बोर्ड एलजीसीडीपी, सामाजिक सुरक्षा, बहुक्षेत्रीय पोषण, युनिसेफ, संसद् कोष, विधायक कोष, प्रदेश कोषलगायत अन्य निकायबाट ११ करोड ९७ लाख ४ हजार कुल आय अनुमान गरिएको जानकारी दिए ।
यसैगरी चालूतर्फ वित्तीय समानीकरणको प्रशासनिक, एलजीसीडीपी, सेवा निवृत सुविधा तथा सामाजिक सुरक्षा कार्यक्रमसमेत गरी १८ करोड ६४ लाख ६४ हजार रुँपैया र विषयगतर्फ पशु, स्वास्थ्य, आयुर्वेद शिक्षाको सशर्त अनुदान गरी ३५ करोड ६४ लाख ६४ हजार खर्च हुने जनाएका छन् । त्यसैगरी कुल पुँजीगत तथा बाह्य स्रोततर्फ २३ करोड ८ लाख १० हजार ८७२ रुँपैया कुल पुँजीगत खर्चमध्ये भौतिक पूर्वाधार तथा विपद् व्यवस्थापनतर्फ १४ करोड २४ लाख ४ हजार र लक्षित विकास कार्यक्रमतर्फ युनिसेफ, सडक बोर्डलगायत अन्य कार्यक्रमतर्फ ८ करोड ८४ लाख ६ हजार ८७२ रुपैयाँ खर्च हुने जनाएका छन् ।