एकद्वार प्रणालीको प्रभावकारी कार्यान्वयन गर्न माग «

एकद्वार प्रणालीको प्रभावकारी कार्यान्वयन गर्न माग

नेपाल समुद्रपार निकासी पैठारी संघको एक प्रतिनिधिमण्डलले सोमबार आन्तरिक राजस्वविभागका महानिर्देशक शोभाकान्त पौडेलसँग उनकै कार्यकक्षमा भेटवार्ता गरेको छ ।
संघका अध्यक्ष सुनीलकुमार वंशलले नेतृत्व गरेको प्रतिनिधिमण्डलले सरकारले उद्यमी, व्यवसायीलाई सहजीकरण गर्न सुरु गरेको एकद्वार प्रणालीको प्रभावकारी कार्यान्वयन गर्न त्यहाँ दक्षजनशक्ति परिचालन गर्न र अनुगमनमा विशेष ध्यानदिन आग्रह गरेको छ ।
सो अवसरमा प्रतिनिधि मण्डलका सदस्यले घरबहाल करको दर १० बाट ५ प्रतिशत कायम गर्न तथा ड्यामेज भएका वस्तु नष्ट गरेको अनुगमन गरी प्रमाणित गर्ने छुट्टै निकायको आवश्यकतामा पनि जोड दिए ।
सीमा क्षेत्रबाट भइरहेको मदिरा चोरी पैठारीले ठूलो राजस्व गुमिरहेको र त्यसबाट कानुनी रुपमाती वस्तुको कारोबार गरिरहेका व्यवसायीलाई अप्ठेरो परेको विषयमा पनि महानिर्देशक पौडेलको ध्यानाकर्षण गराइयो ।
जवाफमा महानिर्देशक पौडेले संघले उठाएका जायज विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताए । उहाँले १.५ प्रतिशत राजस्व तिरेर मिसम्याचको समाधानगर्न पाइने स्किम सरकारले ल्याएको भन्दै त्यसबाट लाभान्वित हुन व्यवसायीलाई आग्रह गरे ।
त्यसैगरी, कम्पनी रजिस्ट्रारको कार्यालयमा लामो समयदेखि विवरण नबुझाएर नवीकरण नभएका कम्पनीहरूलाई यसअघि जरिवानाको १० प्रतिशत राजस्व बुझाएर नवीकरण गर्न समय दिइएकोमा अहिले त्यसलाई पनि घटाएर ५ प्रतिशत कायम गरेको जानकारी दिँदै सोको फाइदा लिन पनि उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्