कर्ण शाक्यको नयाँ पुस्तक ‘कोष’ «

कर्ण शाक्यको नयाँ पुस्तक ‘कोष’

पर्यटन व्यवसायी कर्ण शाक्यको नयाँ पुस्तक ‘कोष : जीवनपछिको जीवन’ मंगलबार लोकार्पण भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा समता स्कुलका संस्थापक उत्तम सञ्जेल, समालोचक र साहित्यकार गीता त्रिपाठी र लेखक शाक्यले पुस्तक लोकार्पण गरेका थिए ।
पुस्तक लोकार्पण कार्यक्रममा सञ्जेलले कर्ण शाक्यका पुस्तकले उद्यमशीलता विकासमा सघाउने बताए । कर्ण शाक्यको पुस्तकले धनी हुने बाटो सिकाउने उनको भनाइ थियो । यस्तै, साहित्यकार त्रिपाठीले शाक्यको पुस्तकलाई ‘व्यवहार सिकाउने गीता’का रुपमा चित्रण गरिन् भने लेखक शाक्यले भने आफू सधैं कर्ममा विश्वास गर्ने व्यक्ति भएकोले कुनै पनि देशको विकास भाषणबाट मात्र सम्भव नरहेको र त्यसका लागि कर्मयोगी व्यक्तिको अपरिहार्यता रहेको बताए । मूल्य ४९८ रुपैयाँ रहेको पुस्तक फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।
यसअघि शाक्यका सोध, खोजजस्ता विभिन्न पुस्तक प्रकाशित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्