नेपाललाई सहयोग गर्न डब्लुएचओ तयार «

नेपाललाई सहयोग गर्न डब्लुएचओ तयार

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नेपाल प्रतिनिध डा. राजेश एस.पाण्डवबीच भेटवार्ता भएको छ । कोभिडबाट नेपालको पर्यटनमा परेको प्रभाव, खेपको अवस्था र पछिल्लो पर्यटनको अवस्था र डब्लुएचओको सहयोगका विषयमा छलफल भएको थियो ।
भेटमा डा. राजेश एस.पाण्डवले पर्यटकका लागि नेपाल खुला हुन सुखद भएको बताउँदै स्वास्थ्य मापदण्डलाई पालना गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्ने बताए । उनले भने, “नेपाललाई गर्नु पर्ने सहयोगका लागि तयार छौं । कोभिडको जोखिम अझै कायमै रहेकोले स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गरेर मात्र पर्यटकीय गतिविधि सञ्चालन गर्न आवश्यक छ ।” यस्तै डा. पाण्डवले पर्यटकीय गतिविधि बढी हुने क्षेत्रमा आकस्मिक एन्टिजेट परीक्षण, स्वास्थ्य जनचेतनाका कार्यक्रमलाई पनि निरन्तरता दिन आग्रह गर्दै यी समग्र कामका लागि पनि विश्व स्वास्थ्य संगठनको सहयोग रहने बताए ।
सो अवसरमा बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले नेपालका धेरै पर्यटकीय क्षेत्रमा पूर्ण खोप कार्यक्रम सम्पन्न भइसकेको र बाँकी क्षेत्रमा पनि क्रमशः खोप लगाउने कार्यक्रम जारी रहेकाले नेपालमा पर्यटक आउनको लागि कुनै समस्या नरहेको जानकारी दिए । पछिल्लो पटक सरकारले ल्याएको नयाँ मापदण्ड पालना गरेर विदेशी पर्यटक नेपाल आउन सक्ने जानकारी दिँदै पर्यटक आगमनका लागि अन्य सहजिकरण गर्न सरकार र पर्यन बोर्ड सदा तयार रहेको बताए ।
यस्तै कार्यकारी प्रमुख डा. रेग्मीले विश्व स्वास्थय संगठनले शिफारिश र स्वीकृति गरेका कोभिड विरुद्धको खोपलाई समेत कतिपय देशले मान्यता नदिएजस्तो व्यहार गरकोले यसबाट अन्तरर्राष्ट्रिय आवागमनमा समस्या आएको बताउँदै यसमा विश्व स्वास्थ्य संगठनले ध्यान दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्