दक्षिण अफ्रिकामा चाडैनै सकिदैछ सुन «

दक्षिण अफ्रिकामा चाडैनै सकिदैछ सुन

प्रिटोरिया-दक्षिण अफ्रिकामा नोभेम्बरमा लगातार १४ औं महिनामा सुनको उत्पादन ओरालो लागेको छ । मासिक रुपमा सुनको उत्पादनमा गिरावट आएको यो २०१२ देखिकै लामो अवधि भएको ब्लूमबर्गले जनाएको छ ।
उत्पादन १ वर्ष अगाडिको तुलनामा १४ प्रतिशतले घटेको प्रिटोरयास्थित स्ट्याटिक्स साउथ अफ्रिकाले विज्ञप्तिमार्फत जनाएको छ ।
कुनै समयमा सुन उत्पादनको मामिलामा दक्षिण अफ्रिका पहिलो स्थानमा रहदै आएको थियो । विगतका वर्षहरुमा ठूलो अनुपातमा ओरालो लागेको सुनको उत्पादनले आगामी दिनमा पनि निरन्तरता पाउने देखिएको छ ।
हालको मूल्यका आधारमा दक्षिण अफ्रिकाका धेरैजसो सुन खानीहरु नाफायुक्त हुन सकेका छैनन् । यद्यपि विश्व सुन उत्पादनको मामिलामा दक्षिण अफ्रिका अभैmपनि आठौ स्थानमा रहेको छ । विश्वका प्रमुख सुन उत्पाद गर्ने मुलुकको सूचीमा यो मुलुक लगातार ओरालो लागिरहेको छ । वास्तवमै दक्षिण अफ्रिका आगामी ४ दसकको अवधिमा सुनमुक्त देश हुने भएको अफ्रिकन स्ट्याटिक्स डेले प्रकाशित गरेको इनभायोरमेन्टल इकोनोमिक एकाउन्ट्स कम्पेन्डियमले देखाएको छ । हालको उत्पादनको तहको आधारमा सुन खानीमा यो मुलुकको पहुँच ३९ वर्ष सम्म मात्रै रहने देखिएको छ ।
ठूला सुन क्षेत्रहरु जस्तै दक्षिण अफ्रिकाको विट्वाटर्स-यान्डको जीवनचक्र समाप्तितर्फ अगाडि बढेको छ । मानव इतिहासमा सुन खानीको ४० प्रतिशत भन्द बढी हिस्सा यसै खानीको रहेको छ । तर दक्षिण अफ्रिकाको वार्षिक सुन उत्पादन १९७० मा ओरालो लागेको थियो । उक्त समयमा यो मुलुकका खानी उत्खननकर्ताहरुले १ हजार टन सुन उत्पादन गरेका थिए । त्यसयता सुनको उत्पादनमा लगातार गिरावट आउन थालेको छ । यो मुलुकले २०१७ मा केबल १३९.९ टन सुन मात्रै उत्पादन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्