म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व

नेपाली कांग्रेस म्याग्दीले एक नगरपालिका पाचँ गाउँपालिका रहेको म्याग्दीमा नयाँ नेतृत्व चयन गरेको छ । नेपाली कांग्रेस म्याग्दीको गाउँ/नगर अधिवेशनमा अन्तर्गत ४ स्थानीय तहमा सर्वसम्मत र दुई स्थानीय तहमा निर्वाचनबाट नेतृत्व चयन भएको छ ।
बेनी नगर सभापति पदमा रविन्द कार्की (रवि) निर्वाचित भएका छन् । सभापतिका उम्मेदवार विक्रम बोगटीलाई ८ मतले पराजित गर्दै कार्की भएका हुन् । कुल १७० जना मतदाता रहेकोमा १ सय ६७ जनाले मतदान गरेका थिए । कार्कीले ७६ मत ल्याउनु भएको थियो भने बोगटिले ६८ मत ल्याएका थिए ।
काँग्रेस धवलागिरी गाउँपालिकाको सभापतिमा युवा नेता प्रेमप्रसाद पुन सर्वसम्मत निर्वाचित भएका छन् । रघुगंगा गाउँपालिका–६ पाखापानीका वडा अध्यक्ष समेत रहेका मनकुमार शेरपुञ्जा कांग्रेस रघुगंगा गाउँपालिकाको सभापतिमा सर्वसम्मत भएका छन् । कांग्रेस मालिका गाउँपालिकाको सभापतिमा खिम पुन निर्वाचित भएका छन् । पुनको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
नेपाली कांग्रेस मंगला गाउँपालिकाको सभापतिमा नरसिंह खत्रीको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति चयन भएका छ । एक मतको अन्तरले नेपाली कांग्रेस अन्नपुणर््ा गाउँपालिकाको सभापतिमा क्याप्टेन बलबहादुर तिलिजा विजयी भएका छन् । वडानम्बर ५ शिखका निवासी तिलिजाले ५८ मत लिएर सभापतिमा विजयी भएका हुन् ।
सभापति विजयी तिलिजाले प्रतिस्पर्धी कृष्ण बरुवाल एक मतले पराजित भएका हुन्। मतदान अधिकृत केदार कार्कीले क्याप्टेन तिलिजाले ५८ मत प्राप्त गरेका थिए भने सभापतिका प्रतिस्पर्धी वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले ५७ मत प्राप्त गरेका थिए ।