‘सडक तथा खानेपानीका कारण केबल बिछ्याउन समस्या’ «

‘सडक तथा खानेपानीका कारण केबल बिछ्याउन समस्या’

नेपाल विद्युत् प्राधिकरणले सडक तथा खानेपानी विभागलगायतका निकायका कारण अन्डर ग्राउन्ड केवल बिछ्याउने कामले गति लिन नसकेको स्पष्ट पारेको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अन्डर ग्राउन्ड केवल बिछ्याउने काममा सडक विभाग, खानेपानी विभागलगायतका कारण समस्या खडा भएको उल्लेख गर्दै समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पहल गरिरहेको पनि जानकारी दिए । उनले ती समस्या समाधान गरेर मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासमा आवश्यक सहयोग पु¥याउन प्राधिकरण प्रबिवद्ध रहेको पनि बताए । मंगलबार काठमाडौंमा आयोजित ‘नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौती” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा प्राधिकरणले महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबीसमेत गरे ।
उनले करिब ९५ प्रतिशत नेपालीको घरमा विद्युतीकरण भइसकेको उल्लेख गर्दै त्यसले पनि सूचना प्रविधिको विकासमा उल्लेखनीय योगदान पु¥याउन सघाउ पु¥याएको स्मरण गराए । प्रबन्ध निर्देशक घिसिङले भने, “अन्डर ग्राउन्ड केवल विछ्याउने काममा सडक विभाग, खानेपानी विभागलगायतका निकायले समस्या खडा गरिरहेका छन् र ती समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पहल गरिरहेको छ । ती समस्या हामी छिट्टै समाधान गरेर अघि बढनेछौं ।
प्रत्येक नेपालीको घरघरमा, गाउँगाउँमा अहिले करिब करिब ९५ प्रतिशत विद्युतीकरण भइसकेको छ । यसबाट हरेक घरमा हाम्रो पोल पुगेको छ । यो सूचना प्रविधिको विकासका लागि ठूलो इन्फास्ट्रचर हो । कुनै पनि फाइबर तान्नु प¥यो भने त्यही पोल प्रयोग हुन्छ । फाइबर होम भनेर जुन हामी अहिले डिजिटल नेपालको अवधारणाअन्तर्गत आइरहेको छ । त्यो नेपाल विद्युत् प्राधिकरणको इन्फास्ट्रक्चरले धेरै सहयोग गरेको छ ।”
प्रबन्ध निर्देशक घिसिङले नेपाल विद्युत् प्राधिकरणले कन्जुमरबाट वार्षिक करिब ७० अर्ब आयआर्जन गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्