चीनतर्फ लाग्यो अमेरिकी तेल, के अमेरिकाले व्यापार युद्ध जितेकै हो ? «

चीनतर्फ लाग्यो अमेरिकी तेल, के अमेरिकाले व्यापार युद्ध जितेकै हो ?

वासिङटन-महिनौपछिको अवधिमा केही दिनपछि अमेरिकी तेल चिनियाँ गन्तव्यमा पुग्दैछ । व्यापार युद्धका बावजुद चीनले थप अमेरिकी सामग्री किन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएकै समयमा अमेरिकी तेल चीन पुग्न लागेको हो ।
यो तेल डिसेम्बरमा टेक्सासको बन्दर्गार्हा छोडको थियो । यद्यपि यसलाई अमेरिकी स्पष्ट बिजयको रुपमा हेर्न नहुने बताइएको छ । यो मुठ्ठिभरको निर्यात मात्रै हो र मार्चको छलफल अगाडिको समयमा आएको छ । अमेरिकाले चीनमा गरेको निर्यात १ वर्ष अगाडिको तुलनामा धेरैनै कम छ । जुन समयमा व्यापार युद्ध सुरु भएको थियो ।
अमेरिकाले फेब्रुअरी, मार्च र अप्रिलका महिनाहरुमा २० ढुवानीको माध्यमबाट चीनमा प्रति दिन ५ लाख व्यारेल तेल पठाएको जेन्स्केपको तथ्यांकले देखाएको छ । डिसेम्बरमा दुई ढुवानीपूर्व शरद ऋतुको समयमा अमेरिकाले चीनतर्फ १ मात्रै ढुवानी गरेको थियो । पछिल्ला २ ढुवानीमा प्रति दिन १ लाख व्यारेलको औसतमा पठाइएको थियो । यो वसन्त ऋतुको उचाईको तुलनामा आकारमा ५ भागको १ भाग मात्रै हो ।
“हामीले अझै पर्ख र हेरको नीतिमा बस्न बाँकिनै रहेको छ । चीलने पुरानै रफ्तारमा पुनः अमेरिकी तेल खरिद गरेको छैन,” जेन्स्केपका तेल बजार र व्यवसाय विकासका निर्देशक हिलारी स्टेभेन्सनले बताए ।
दुई जहाजहरु मानिफा र जाग लाक्स्या फेब्रुअरीको मध्यमा चीन आईपुग्ने अपेक्षा गरिएको छ ।
मानिफाको जहाजको तथ्यांक अनुसार यो जहाजमा टेक्सासको सिवे टेक्सास सिटीमा केबल २० लाख व्यारेल कच्चा तेल लोड गरिएको थियो । यो जहाज चीनमा फेब्रुअरी १७ मा आईपुग्ने अपेक्षा गरिएको छ ।
अर्को जहाज जग लाक्स्यामा डिसेम्बर १६ मा १० लाख व्यारेल तेल लोड गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्