मिनिसोको दसैं तिहार अफरमा हिराको हार «

मिनिसोको दसैं तिहार अफरमा हिराको हार

हरेक वर्षजस्तै यस वर्ष पनि मिनिसोले दसैं तिहार विशेष अफर ल्याएको छ । कम्पनीले ‘मिनिसो दसैं तिहार, हिराको हार उपहार’ अफर ल्याएको हो । अफरअन्तर्गत एक हजार ५ सय ९९ सय रुपैयाँँभन्दा माथिको सामान खरीद गर्दा ग्राहकले लक्की कुपन प्राप्त गर्ने छन् । लक्की कुपन प्राप्त गर्ने ग्राहकमध्येबाट एकजना भाग्यशाली बिजेताले हिराको हार प्राप्त गर्ने कम्पनीले जनाएको छ । उर्जा ज्वेलरले पुरस्कार स्पोन्सर गरेको कम्पनीले जनाएको छ ।
यो अफर नेपालभर रहेका मिनिसोका सोरुममा लागु हुने बताइएको छ । नोभेम्बर १० सम्मअफर समय जारी रहनेछ भने नोभेम्बर १७ मा लक्कीड्रमार्फत भाग्यमानीबिजेताघोषणा गरिनेजनरल म्यानेजर महेश तण्डुकारलेजानकारी दिए ।
लक्की बिजेताको घोषणा मिनिसोको फेसबुक पेजमार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ । “मिनिसोमा सपिङ गरेका अन्य सयौं ग्राहकले दैनिक रुपमा आकर्षक उपहार प्राप्त गर्नेछन्” तण्डुकारले भने । मिनिसोको पार्टनर कम्पनी मिसियो, ब्लेस, सिसी, लिमिटेड इडिसन, कोफी, राइज, अर्वान आउटफिट्र्स, ब्याग्गिटलगायत अन्य ब्राण्डहरु छन् ।
कस्मेटिक, किचन, इलेक्ट्रोनिक्स, स्टेसनरी, गिफ्ट, सिजनललगायत सम्पूर्ण प्रकारका दैनिक उपभोग्य सामान मिनिसो शोरुममा उपलब्ध छन् । उच्चस्तरीय जापानीज ब्राण्ड, सुपथ मूल्यलगायतका विशेषताका कारणले नेपाली बजारमा मिनिसोप्रति ग्राहकको आकर्षण बढिरहेको तण्डुकारले बताए । मिनिसोको शोरुमहरु काठमाडौं, चितवन, पोखरा, विराटनगर, बुटवल र मनकामनामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्