ग्लोबल आइएमई बैंक र गुल्मीका स्थानीय तहबीच सम्झौता «

ग्लोबल आइएमई बैंक र गुल्मीका स्थानीय तहबीच सम्झौता

ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाका विभिन्न स्थानीय तहबीच सम्झौता भएको छ ।
हेफर प्रोजेक्ट नेपालको समन्वयमा बाख्रा पालन सामुदायिक विकास परियोजनाअन्तर्गत बाख्रा पालक कृषकलाई प्रोत्साहन गरी वित्तीय मुलप्रभाहमा साना किसानहरुको पँहुच बढाई कृषि उत्पादन अभिवृद्धि गर्न सहुलियतपूर्ण कृषि कर्जा प्रवाह गर्ने सम्झौता भएको छ ।
सो सम्झौतामा बैंकको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख रवि श्रेष्ठ तथा मुसीकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, इस्मा गाँउपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बिष्ट, मालिका गाँउपालिकाका अध्यक्ष रितबहादुर थारु, मदाने गाँउपालिकाका अध्यक्ष धनबहादुर केसी र धुर्कोट गाँउपालिकाका अध्यक्ष भूपाल पोखरेलले संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतापत्रमा हेफर प्रोजेक्ट नेपालको तर्फबाट बाख्रा पालन सामुदायिक विकास परियोजनाका संयोजक अनन्तराज सिलवालले हस्ताक्षर गरे ।
सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले सहुलियतपूर्ण कर्जाको एकीकृत कार्यविधि, २०७५ (संशोधन सहित) अन्तर्गत मुसीकोट नगरपालिका, इस्मा गाँउपालिका, मालिका गाँउपालिका, मदाने गाँउपालिका, र धुर्कोट गाँउपालिकाको सिफारिसमा हेफर प्रोजेक्ट नेपाल अन्तर्गतको बाख्रापालन सामुदायिक विकास परियोजनाका लागि उद्यमी, कृषक, फर्म तथा कम्पनीलाई (प्रतिग्राहक अधिकतम दस लाख रुपयाँ) सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ भने परियोजनाअन्तर्गतका ऋणिहरुलाई हेफर प्रोजेक्ट नेपालले आवश्यक तालिमको

प्रतिक्रिया दिनुहोस्