सिटिजन्स बैंक र एभरेष्ट होटलबीच सम्झौता «

सिटिजन्स बैंक र एभरेष्ट होटलबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र द एभरेष्ट होटल नयाँ बानेश्वरबीच छुट सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीसँगै सिटिजन्स बैंकका कार्डबाहकले एभरेष्ट होटलको सेवा सुविधामा विशेष छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।
हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकका लागिसमेत घरमै बसेर निःशुल्क मोबाइल बैकिङमार्पmत डेबिट कार्डको लागि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ । मोबाइल बैकिङमार्पmत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्था गरेको बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका १८३ वटा शाखा, १२१ वटा एटीएम र १११ वटा शाखा रहित बैंकिङ एकाइबाट करिब साढे १२ लाख ग्राहर्कलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्