चीनले परमाणु हतियार जडित ४ युद्धपोत बनाउने «

चीनले परमाणु हतियार जडित ४ युद्धपोत बनाउने

बेइजिङ-नौसेनाको क्षमता वृद्धिका लागि चीनले परमाणु हतियार जडित ४ नयाँ युद्धपोत बनाउने भएको छ । यसलाई २०३५ सम्म तयार गर्ने योजना रहेको छ । लडाकु विमान समेत राख्न मिल्ने यो पोत तयार भएपछि चीनसँग युद्धपोतको संख्या ६ पुग्ने छ । जुन अमेरिकापछि दोस्रो बढी हो ।
अमेरिकासँग युद्धपोतको संख्या १९ रहेको छ । दक्षिण चीन सागरमा कैयौ देशसँग चलिरहेको द्वन्द्वको समयमा चीन नयाँ युद्धपोतको बलमा आफ्नो शक्तिमा बढाउने उद्देश्यमा लागि परेको छ । चीनको निशानमा भारतका अतिरिक्त अमेरिका पनि रहदै आएको छ । चीनका पूर्व नौसेना अधिकारी वाङ युनफेईलाई उद्र्धृत गर्दै साउथ चाइना मर्निङ पोष्टले चीनको नौसेनालाई अमेरिकाको बराबरी ल्याउने आवश्यक भएको उल्लेख गरेको छ ।
युद्धपोतको निर्माणमा सरकारले धनको कमी आउन नदिने बताइएको छ । राष्ट्रपति शी जिनपिङ अत्याधुनिक सेना गठन गर्न चाहन्छन् । वायुसेना तथा नौसेनालाई अत्याधुनिक बनाउनका लागि जिनपिङले विश्वमा सर्वाधिक बढी रहेको चिनियाँ सेनाको संख्या कटौती गर्न तयार रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्