नेपाललाई नै कालोसूचीमा पार्ने प्रयास «

नेपाललाई नै कालोसूचीमा पार्ने प्रयास

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले नेपाललाई नै कालोसूचीमा पार्ने प्रयास गरिरहेको आरोप लगाए ।
सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन विधेयकमा लुटिएका करिब २१-२२ अर्ब कालोधनलाई बैधानिकता दिने गरी प्रावधान ल्याएको भन्दै उनले अब नेपाललाई नै सरकारले कालोसूचीमा पार्ने प्रयास गरिरहेको आरोप लगाएका हुन् । सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीमाझ भने, ‘हुँदाहुँदा लुटिएका झन्डैझन्डै २१-२२ अर्ब अन्तर्राष्ट्रिय कानुनसमेत, आतंककारी कानुनसमेत आकर्षित हुने कानुनलाई समेत उल्लंघन गरेर यो देशलाई नै कालोसूचीमा पार्ने गम्भीर बाटोमा सरकार गइरहेको छ ।’
सांसद अधिकारीले सरकारले दलीय व्यवस्थालाई नै समाप्त पार्न अवरुद्ध संसदलाई सूचारु गराउन पहल नगरेको तर्कसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्