मन्त्रिपरिषद् छिट्टै विस्तार हुन्छ : लेखक «

मन्त्रिपरिषद् छिट्टै विस्तार हुन्छ : लेखक

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता रमेश लेखकले मन्त्रीपरिषद छिट्टै विस्तार हुने बताएका छन् ।
पूर्वमन्त्री समेत रहेका नेता लेखकले मन्त्रीपरिषदलाई चाँडै पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवा गम्भिर भएर लागि परेको दावी समेत गरे । सोमबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले विभिन्न राजनीतिक दलहरुको बैधानिकले गर्दा पनि मन्त्रीपरिषद विस्तारमा ढिलाई हुन गएको स्पष्ट पारे ।
नेता लेखकले पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएको मितिमा सम्पन्न हुने दावी समेत गरे । उनले दशैंअघि नै देशभरका सबै वडा र पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने गरी काम भईरहेको पनि जानकारी दिए । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन मंसीर ९–१३ गते काठमाडौंमा हुँदैछ । तोकिएको सो मितिमै महाधिवेशन सम्पन्न हुने नेता लेखकको दावी छ ।

प्रतिक्रिया दिनुहोस्