विभिन्न प्याकेजमा वल्र्डलिंकको दसैं अफर

विजया दशमीको अवसरमा वल्र्डलिंक इन्टरनेता सेवा प्रदायकले आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेजसहितको परिमार्जित प्याकेज ल्याएको हो ।
कम्पनीको दसैं अफरमा प्रयोगकर्ताले मासिक ११ सय रुपैयाँमै ४० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउनेछन् । जसमा एउटा नेटटिभी समेत निःशुल्क रुपमा उपलब्ध हुनेछ । यसका लागि प्रयोगकर्ताले १२ महिनाको प्याकेज लिनुपर्नेछ ।
यद्यपि छ महिनाको सब्सक्रिप्सन लिन चाहने ग्राहकले समेत दसैं अफरमा सहभागिता जनाउन सक्नेछन् । वल्र्डलिंकले ल्याएको छ महिने प्याकेजको मूल्य ७९०० रुपैयाँ राखिएको छ । यो प्याकेज लिने ग्राहकलाई एउटा नेटटिभीसहित ४० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक १३१७ रुपैयाँ पर्नेछ । त्यस्तै कम्पनीले वार्षिक सब्सक्रिप्सन लिने ग्राहकका लागि मासिक १२०० रुपैयाँमै दुई वेटा नेटटिभी सहितको ६० एमबीपीएस इन्टरनेट प्याकेजसमेत ल्याएको छ । यही प्याकेज छ महिने अवधिका लागि खरिद गर्ने ग्राहकलाई भने मासिक १४३४ रुपैयाँ पर्नेछ ।
यसअघि ४० एमबीपीएस र ५० एमबीपीएस इन्टरनेट प्याकेजको मूल्यमा क्रमशः ८० एमबीपीएस र १०० एमबीपीएसको इन्टरनेट प्याकेज लिन सकिनेछ । जसअनुसार वार्षिक प्याकेज लिँदा मासिक १४०० रुपैयाँमै दुई वटा नेटटिभीसहित वल्र्डलिंकको ८० एमबीपीएस इन्टरनेट प्याकेज प्राप्त गर्न सकिनेछ । यस्तै तीन वटा नेटटिभी सहित १०० एमबीपीएसको इन्टरनेट प्याकेजका लागि मासिक १६०० रुपैयाँ पर्नेछ ।
८० एमबीपीएस र १०० एमबीपीएस इन्टरनेट प्याकेजको छ महिने सब्सक्रिप्सनमा समेत दशैँ अफर लागु हुने कम्पनीले जनाएको छ । वल्र्डलिंकका अनुसार दुई ओटा नेटटिभी सहित ८० एमबीपीएसको छ महिने सब्सक्रिप्सनको मूल्य १० हजार १०० रुपैयाँ र तीन वटा नेटटिभी सहितको १०० एमबीपीएसको सोही अवधिको सब्सक्रिप्सन ११ हजार ५०० रुपैयाँमा प्राप्त हुनेछ ।
कम्पनीले कुनै पनि वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई निःशुल्क जडान सहित चाडपर्व उपहारको रुपमा करिब २० हजार मूल्य पर्ने सेवा तथा सुविधा समेत उपलब्ध गराउनेछ । जसमा ग्राहकले नेटटिभी सब्स्क्रिप्सन, सेटटप बक्स, डुअल ब्यान्ड राउटर, फाइबर केबल, वाई–फाई रोमिङ र नेटटिभी प्राइम ९ओटीटी० सब्स्क्रिप्सन प्राप्त हुनेछ ।
वल्र्डलिंकले देशका ११ हजारभन्दा बढी स्थानमा फ्री वाई–फाई जडान गरेको छ । जसमा अन्य प्रयोगकर्ताले दैनिक ५०० एमबीसम्मको डेटा मात्र निःशुल्क रुपमा प्रयोग गर्न पाउँछन् । तर वल्र्डलिंकका ग्राहकले भने त्यस्ता स्थानमा अनलिमिटेड वाई–फाईको सुविधा प्रयोग गर्न सक्छन् ।
नयाँ ग्राहकसँगै वल्र्डलिंकका विद्यमान प्याकेज रिन्यु गर्ने ग्राहकले समेत यो दसैं अफर प्राप्त गर्नेछन् । यस्तै हालै मात्र वल्र्डलिंकले वाई–फाईको समस्या समाधान गर्न नयाँ मेश वाई–फाईसमेत उपलब्ध गराउन सुरु गरेको छ ।