केन्ट आरओको दसैँ–तिहार अफर «

केन्ट आरओको दसैँ–तिहार अफर

नेपालका लागि केन्ट उत्पादनहरूको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको ईओएल प्रालिले दसैं–तिहार योजना ल्याएको छ । ‘यो चाडपर्वको मौसम, आफ्नो स्वास्थ्य शतप्रतिशत शुद्ध पानीसँग मनाउनुहोस्’ भन्ने नारासहित जारी गरिएको अफरअन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा सीजी ब्रान्डको चपर उपहार पाउने जनाइएको छ । यो ग्राहक योजना यही असोज ८ गतेदेखि सीमित अवधिको लागि लागु गरिएको कम्पनीले जनाएको छ ।
केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताका लागि परिचित छन् । केन्ट ब्रान्डका अन्य वाटर प्युरिफायर, एयर प्युरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू÷डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरण पनि बजारमा रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्